दफा ४९
औद्योगिक करिडोर, औद्योगिक ग्राम तथा औद्योगिक क्लष्टर घोषणा गर्न सक्ने
औद्योगिक विकासको लागि पर्याप्त सम्भावना र अवसर उपलब्ध रहेको देशको कुनै भाग वा स्थानलाई तोकिए बमोजिमका मापदण्डका अधिनमा रही नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी औद्योगिक करिडोर, औद्योगिक ग्राम तथा औद्योगिक क्लष्टर घोषणा गरी तोकिए बमोजिमको सेवा, सुविधा तथा सहुलियत उपलब्ध गराउन सक्नेछ ।